माघ २३ गते, बिहुकाेट, बाग्लुङ

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५, बिहुँकाेट बागलुङको ५६ आैँ वार्षिकोत्सव एवं अभिभावक दिवस भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस काे संङ्क्रमणदर फैलिएको कारण नेपाल सरकारद्वारा गरिएकाे लकडाउनले विद्यालय बन्द रहेको अवस्थामा उक्त वार्षिकोत्सब कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो।
अमर माध्यमिक विद्यालयकाे र यस विद्यालयबाट शिक्षा प्राप्त गरी बाहिरिएका विद्यार्थीहरुको सक्रियतामा उक्त कार्यक्रम गरिएको हाे ।
भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिष्म कँडेलले अार्थिक वर्ष २०७७/०७८ काे वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रधानाध्यापक कँडेलले विद्यालयकाे अार्थिक वर्ष २०७७/०७८ मा गरिएका शैक्षिक भाैतिक र व्यवस्थापकीय क्षेत्रमा गरिएका कार्यक्रम र अागामी शैक्षिकसत्रमा गरिने कार्यक्रमकाे याेजना प्रस्तुत गर्नुभएको थियोे । त्यसैगरी पुर्व विद्यार्थी एल्मुनाइ एशाेसिएसनका संयाेजक नारायण कँडेलले अमर माध्यमिक विद्यालय एल्मुनाइ एशाेसिएसनकाे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियोे । भने पुर्व विद्यार्थी दिपक कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
विद्यालयका शिक्षक तथा व्यवस्थापन तथा अभिभावक संघका अध्यक्षज्यूहरूकाे उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियोे । उक्त कार्यक्रमलाई विद्यालयकाे सामाजिक संजालद्वारा लाइभ प्रशारण गरिएकाे थियोे ।
विद्यालयकाे प्रगति प्रतिवेदन विद्यालयकाे वेवसाइट www.amarmavi.edu.np मा समेत राखिएकोले विद्यालयका गतिविधि तथा अागामी याेजनाहरूकाे जानकारी लिन सकिने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कँडेल काे अध्यक्षता, सहायक प्रधानाध्यापक रघुपति शर्माको स्वागतमा संचालित कार्यक्रम बिद्यालयका शिक्षक अग्नीराज जाेशिकाे संचालनमा सम्पन्न गरिएको थियोे ।
सामाजिक सञ्जाल फेसवुकबाट लाइभ भिडियो हेर्न https://fb.watch/a-cEimgjbr/ क्लिक गर्नुहाेला ।