कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना  ।

कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना  ।

यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका  (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र  अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा राष्ट्रिय परीक्षा बाेर्डद्वारा लिइने वार्षिक परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भर्नाका लागि आवश्यक कागजात सहित ताेकिएकाे मितिमा विद्यालयमा उपस्थित भइ फाराम भर्नु भराउनुहुन याे सूचना प्रकाशित गरिएको छ ।
तपशिल
• कक्षा ११ अनुतिर्ण भएको मार्कसिटकाे प्रतिलिपी वा परीक्षा दिने विषयमा c वा साे भन्दा तल्लो ग्रेड आएको ग्रेडसिटकाे प्रतिलिपी ।
• हालसालै खिचेका पासपोर्ट साइजकाे फाेटाे २ प्रति ।
• आवश्यक आवेदन शुल्क ।
• फाराम भर्ने अन्तिम मिति २०७८ माघ  १५ गतेसम्म ।
नाेट:
फाराम भर्न आउँदा स्वास्थ्य सतर्कता अपनाई अनिवार्य मास्क लगाइ आउनुहुन अनुरोध छ । अन्य जानकारीका लागि विद्यालय प्रशासन वा सुचना अधिकारीकाे सम्पर्क 9857636333 गर्न सकिनेछ ।

Tags

Leave a comment