
त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त धार्मिक महोत्सवका अवसरमा मिति २०७९ मंसिर २३ गते सम्पन्न काठेखोला गाउँपालिका स्तरीय कविता वाचन प्रतियोगितामा अमर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र सुभम पन्तले प्रथम स्थान हासिल गरेका थिए, भने कक्षा ११ मा अध्ययनरत छात्रा संगीता सुनारले तृतीय स्थान हासिल गरेकी थिइन् । उक्त कविता प्रतियोगिताको सहजीकरण विद्यालयका शिक्षक राधा शर्मा पौडेलले गर्नुभएको थियो ।


त्यसैगरी मिति २०७९ मंसिर २५ गते संचालित लोक भजन प्रतियोगितामा अमर माध्यमिक विद्यालयको समूहले प्रथम स्थान हासिल गरेको थियो ।
उक्त लाेक भजन प्रतियोगितामा मार्गदर्शन तथा सहजिकरणमा सहभागी शिक्षकहरू दुर्गाबहादुर पुन (संयाेजक), ऋषिराम कँडेल, भानुभक्त न्याैपाने, सरस्वती विक, बिद्यार्थीहरू समित परियार, डाेलेन्द सुनार, अस्मिता कँडेल, इन्दु विक, सुभम पन्त, जीवन पुन, कमल आचार्य, सुनिल कँडेल, किस्मत कँडेल, साेनी पुन, पुजा पुन, मेनुका परियार, जेनिशा विक, राहुल विक, प्रतीक्षा कँडेल, विष्णु कँडेल, गगन थापा, संगिता सुनार, ज्याेति विक, आहाना न्याैपाने र अभिभावक मेघराज कँडेल लगायतकाे सहभागिता रहेको थियो ।





बिहुँकोट धार्मिक महोत्सव लाई सफल बनाउनको लागि अमर माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले दैनिक रुपमा सहभागिता जनाएको थियो भने प्रशासनिक कार्यमा सहयोग, फोहोर व्यवस्थापनको जिम्मेवारी लिएर सहयोग गरेको थियो ।
त्यसैगरी बिहुँकोट धार्मिक महोत्सव सफल बनाउनका लागि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले रु १०११०१ (अक्षरूपी एक लाख एक हजार एक सय एक) रुपैयाँ सहयोग समेत गरेको थियो ।

उक्त कार्यक्रमका भिडियोहरु harihar tv youtube channel मा समेत राखिएको छ ।