नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजा अनुसार यस विद्यालयबाट सहभागी ४५ जना विद्यार्थी मध्य ४२ जना विद्यार्थी कक्षोन्नती भएका छन । यस विद्यालयका मेधावी छात्र सन्दीप सुवेदीले ३.६७ जिपिए प्राप्त गरी विद्यालय प्रथम हुनुका साथै काठेखोला प्रथम भएका छन । त्यसैगरी छात्र गौरव कडेल र विनिता पुनले क्रमशः 3.36 र 3.34 जिपिए सहित काठेखोला द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यस सगै कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालय परीवारको तर्फवाट हार्दिक बधाइ एवं सम्मुज्जवल भविश्यको शुभकामना व्यक्त गर्दछौँ ।

