नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजामा यस विद्यालयबाट सहभागी ३४ जना विद्यार्थी मध्य ३२ जना विद्यार्थी कक्षोन्नती भएका छन् ।
नतिजा अनुसार यस विद्यालयका छात्रा करुणा कडेलले ३.९२ जिपिए सहित काठेखोला गाउँपालिकामा नै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यसैगरी सुजता कडेल 3.45 जिपिए सहित द्वितीय र समिक्षा विक 3.30 जिपिए सहित तृतीय स्थान हासील गर्न सफल भएका छन् । प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लगायत सम्पुर्ण कक्षोन्नती हुने विद्यार्थीहरुलाई उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
