
अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय नारी दिवसको अवसर पारी UNDP नेपालले राताे वङ्गला फाउन्डेसनकाे सहकार्यमा आयोजना गरेको ‘राष्ट्रिय कविता वाचन प्रतियोगिता’मा गण्डकी प्रदेश स्तरमा प्रथम र राष्ट्रिय स्तरमा उत्कृष्ट-३ भित्र पर्न सफल यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना सापकोटा एवं प्रदेश स्तरीय कविता प्रतियोगितामा सहभागी यसै विद्यालयका कक्षा १२ र ९ मा अध्ययनरत छात्रा क्रमशः अस्मिता राेका र सन्ताेषी कँडेल तथा विद्यालयसमेतलाई प्रमाणपत्र, अवार्ड र मायाको चिनाे प्रदान गर्नुभएकाेमा UNDP गण्डकी प्रदेश अधिकृत कृष्णप्रसाद सापकोटाज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
शिब प्रसाद कँडेल भिष्म कँडेल
अध्यक्ष, वि.व्य.स. प्रधानाध्यापक
एवं सम्पूर्ण विद्यालय परिवार, काठेखोला-५, बिहुँकोट, बागलुङ