अमर माध्यमिक विद्यालयको ५७ अाैँ वार्षिकोत्सब सम्पन्न

अमर माध्यमिक विद्यालयको ५७ अाैँ वार्षिकोत्सब सम्पन्न

बाग्लुङ जिल्लाको कॅाठेखोला गाउॅपालिका वडा ५ बिहॅुकोट पोखरामा अवस्थित अमर माध्यमिक बिद्यालय ५७ बार्षिकाेत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यपक भिष्म कंडेलले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालय शैक्षिक, भौतिक, वर्तमान अवस्था र भावि याेजनाबारे जानकारी गराउनुभयाे । प्रतिवेदनमा शैक्षिक तर्फ यस शैक्षिक सत्रमा ४५३ जना बिद्यार्थिहरु रहेको, बिद्यार्थीको सर्वाङ्गिण विकासका लागि ४ सदनमा विभाजन गरि अतिरिक्त कृयाकलापहरु संचालन गरिएको, सिकाई उपलब्धि बृद्धि गर्नको लागि कक्षा १ देखि १२ संम्मलाई ४ भागमा बिभाजन गरि शिक्षक संयोजक तोकिएको, भाैतिक तर्फ नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत बाल बिकास भवन, शिक्षण भवन निर्माण सम्पन्न गरिएको, पुस्तकालय तथा प्रयाेगशाला भवन निर्माणाधीन अवस्थामा रहेकोे, बालमैत्री फर्निचर व्यवस्थापन गरिएको, अक्षयकोष र शैक्षिक कल्याण काेष मार्फत पिछडिएका, गरिब, जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको लगायतका कार्यक्रम संचालन गरिएको उल्लेख गरिएको छ ।

साेही प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ काे लेखा परिक्षण प्रतिवेदन अनुसार आम्दानी दुई करोड छयासि लाख सत्चालिस हजार तीन सय छयत्तर रुपैयाँ र अघिल्लो मौजुदा रकमबाट दुई करोड अठहत्तर लाख अठसठ्ठी हजार नौ सय पैतिस् रुपैयाँ त्रियासि पैसा गरि कुल आम्दानी रु पाँच करोड, पैसठ्ठि लाख सोह्र हजार दुई त्रियानव्वे र शैक्षिक, भौतिक र ब्यवस्थापकिय पक्षमा रु दुई करोड एकासि लाख सत्ताईस् हजार दुई सय एघार रुपैया खर्च भइ हाल दुई करोड त्रियासि लाख उनानव्वे हजार एकासि रुपैयाँ बचत रहेकोले ब्यहाेरा उल्लेख गरिएको छ ।

प्रधानाध्यापकले प्रतिवेदन वाचन गर्दै शैक्षिक तर्फ आगामी शैक्षिक वर्षमा विद्यार्थीकाे गुणस्तर अभिवृद्धिका लागि विभिन्न याेजना रहेको, भाैतिक तर्फ पुस्तकालय तथा प्रयाेगशाला भवन, पार्किङ स्थल निर्माण, र विद्यालयकाे क्षेत्र वरपर तारवार गरि विद्यालयलाई वालमैत्री विद्यालय बनाउने लगायतका याेजना व्यक्त गर्नुभएको थियोे ।

सो कार्यक्रम उद्घाटन् गर्दै कार्यक्रमका प्रमुख अतिथि, गाउॅपालिका अध्यक्ष राजु थापाले शिक्षक ,बिद्यार्थी र अभिभावक बिच त्रिपक्षिय संबन्धसॅगै नैतिक चरित्र भए मात्रै शिक्षा उपलब्धिमुलक र गुणस्तर बृद्धि गर्न सकिने बताउनुभयाे ।
थापाले अमर माध्यमिक बिद्यालय गाउँ पालिका भित्रका ५० वटा बिद्यालयमा उत्कृष्ट भएर मात्रै पुग्दैन समग्र देशब्यापी रुपमा उत्कृष्ट शैक्षिक थलो रुपमा बिकास गर्न तर्फ लाग्नुपर्ने र शिक्षा लाई समयानुकूल, ब्यवहारीक र प्रविधिमैत्री वनाउन सब‌ शिक्षा प्रेमीहरू एकजुट हुनुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

शिवधुरी सामुदायिक उपभोक्ता वन समितिकाे आर्थिक सहयोग रु ५३४००० को लागत र पुर्व विद्यार्थी दिपेश कँडेलद्वारा नि-शुल्क रूपमा ड्राेइङ डिजाइनमा निर्माण गरिएको विद्यालयकाे मूल प्रवेशद्वार उक्त कार्यक्रममा उद्घाटन गरिएको थियोे ।

४ दिनसम्म संचालित बार्षिक उत्सव कार्यक्रममा खो खो, ,कबड्डि, ज्यामिङलिन थ्रो, सटपुट, हाईजम लङ्जम, ट्रिपलजम, बेलुन डान्स, हिसाब दौड, शब्द बौद्धिक पहिचान चिनारी ,पैसा टिपाई, अन्तर बिद्यालय स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु संचालन गरिएको विद्यालय प्रशासनले जानकारी दिएको थियोे ।

उक्त कार्यक्रममा विद्यालयमा स्थापित १४ अक्षयकोषवाट गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई, पशुपति कपि उद्योगबाट प्रथम द्वतिय तृतीय हुने विद्यार्थीहरूलाई, सावित्री सापकोटा शैक्षिक कल्याण काेषवाट ५ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियोे भने यस वर्षको उत्कृष्ट शिक्षककाे रूपमा सीता कँडेललाई सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रममा विद्यार्थी साेनिया कँडेल, अजय सुनार, भीमसेन क्याम्पसका प्रमुख वालाकृष्ण कँडेल, अक्षयकोष दाता नारायण प्रसाद कँडेल, लेखानी मावि प्रअ खिमान्द कँडेल, शिवधुरी सामुदायिक वन उपभोक्ता समिति सचिव तुलसीदेवी कँडेल, पुर्व विद्यार्थी हरि सापकोटा, पुर्व निर्माण समिति काेषाध्क्ष ज्ञानु कुमारी शर्मा श्रीष, पुर्व विव्यस अध्यक्ष शिव प्रसाद कँडेल, विव्यस सदस्य चन्द्रदत्त कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

काठेखाेला गाउॅपालिका अध्यक्ष राजु थापाकाे प्रमुख अातिथ्यता, गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत खगराज गाैतमकाे विशिष्ट अतिथ्यता, सहायक प्रअ रघुपति शर्माकाे स्वागत मन्तव्य, विव्यस अध्यक्ष ज्ञामनाथ कँडेलकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे संचालन शिक्षक गणेश प्रसाद कँडेलले गर्नुभएको थियोे ।

Leave a comment