कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना

कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना

यस विद्यालयबाट कक्षा १२ पुरा गरी अन्तिम प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्नका लागी तपशिलका कागजात सहित मिति २०८० भाद्र मसान्त भित्र विद्यालयमा वुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएका समयमा कागजात सहित विद्यालयमा सम्पर्क नगर्ने विद्यार्थीहरुको प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल

कक्षा १० (एसइई ) ग्रेडसिटको प्रतिलिपी थान १

कक्षा ११ ग्रेडसिटको प्रतिलिपी थान १

कक्षा १२ ग्रेडसिटको प्रतिलिपी थान १ (नेटवाट निकालिएको)

आवश्यक प्रमाणपत्र शुल्क

नोट

प्रमाणपत्र विद्यालयमा प्राप्त भएपश्चात पुन सूचना प्रकाशित गरिनेछ । उक्त प्रमाणपत्र लिन आउदा विद्यार्थीले जन्मदर्ता प्रमाणपत्र कक्षा १० को चारित्रिक प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो लिएर आउन समेत सूचित गरिन्छ ।

Leave a comment