Tag Archives: teachers

अमर बाल आवाज दोस्रो अङ्क

अमर माध्यमिक विद्यालयको भित्ते पत्रिका प्रकाशन समितिको सक्रियतामा विद्यार्थीहरूबाट प्रतिभाहरू संकलन गरी अमर बाल आवाज नामक दोस्रो अङ्क प्रकाशित गरिएको छ । प्रकाशित मिति २०८१ पौष १

शिक्षक आवश्यकता सम्वन्धी सूचना

यस विद्यालयको रिक्त निम्न माध्यमिक तह गणित विज्ञान विषयकाे दरवन्दिमा प्रथम पटकको विज्ञापनमा कुनै पनि उम्मेदवारकाे निवेदन पर्न नआएकोले पुन ७ दिने विज्ञापन गरिएको छ ।  याेग्यता पुगेका उम्मेदवारले सूचना अनुसार निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

शिक्षक आवश्यकता सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका लागि करार शिक्षक विज्ञापन गरिएको छ । सूचना बमाेजिमकाे याेग्यता भएको व्यक्तिले आवश्यक कागजपत्र सहित निवेदन दिन सक्नुहुनेछ ।

बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । […]

हार्दिक बधाई तथा शुभकामना

शिक्षा विकास तथा समन्वय इकाई बागलुङद्वारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत लाेकगित/गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरि गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा छनाैट हुन सफल, यस विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्र समित परियार  ले उक्त प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा  द्वितीय स्थान प्राप्त गरि यस विद्यालयकाे गरिमालाई थप उचाइमा पुर्‍याउन […]

अमर मा.वि. काे ५६ औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

माघ २३ गते, बिहुकाेट, बाग्लुङ अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५, बिहुँकाेट बागलुङको ५६ आैँ वार्षिकोत्सव एवं अभिभावक दिवस भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस काे संङ्क्रमणदर फैलिएको कारण नेपाल सरकारद्वारा गरिएकाे लकडाउनले विद्यालय बन्द रहेको अवस्थामा उक्त वार्षिकोत्सब कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो। अमर माध्यमिक विद्यालयकाे र यस विद्यालयबाट […]

कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना  ।

यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका  (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र  अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा […]

काेभिड-१९ काे खाेप लगाउने सम्वन्धी जरूरी सूचना

बिषय : काेभिड-१९ बिरूद्वकाे खाेप अभियान सम्वन्धमा । श्री अभिभावकज्यू एवम् विद्यार्थी भाईबहिनीहरू ।    अमर माध्यमिक विद्यालय, बाग्लुङ प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष भित्रका विद्यार्थीहरूलाई तपशिलकाे मिति समय र स्थानमा काेभिड विरूद्वकाे खाेप लगाउने कार्यक्रम रहेकोले सराेकार वाला विद्यार्थीहरूलाई उक्त खाेप लगाउन सहजिकरण गर्नुहुन अनुरोध गर्दछौं ।तपशिलउमेर समूह:- १२ वर्ष पूरा […]