Category Archives: Academic News

हार्दिक बधाइ तथा शुभकामना

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय द्धारा संचालित माध्यमिक शिक्षा परीक्षामा सफल हुने विद्यार्थीहरु लाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।

स्थायी शिक्षक सरुवा सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयको प्राथिमक तहमा रिक्त पदमा शिक्षक सरुवा सम्वन्धी सूचना मिति २०८१।०२।१८ गते १५ दिनका लागि प्रकाशित गरिएकोमा कुनै पनि उम्मेदवारको निवेदन नपरेकोले मिति २०८१।०३।०४ गतेदेखि ७ दिनकाे लागि दोस्रो पटक विज्ञापन गरिएको छ ।

अभिभावकको नामावली प्रकाशित गरिएको सम्वन्धमा ।

आदरणिय अभिभावकज्यू यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक स‌‌घकाे पदावधि सकिएकोले नयाँ समिति गठन गर्नका लागी मिति २०८१।०२।२२ गते म‌ंगलवार अभिभावक भेला आयोजना गरिएकाे व्यहाेरा जानकारी गरिन्छ । साथै उक्त समिति गठनका लागि तपशिलका अभिभावकहरुकाे नामावली प्रकाशित गरिएकाे छ ।  अभिभावक भेलाकाे मिति समय र स्थान तपसिल रहेको छ । मिति २०८१।०२।२२ गते […]

कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना

यस विद्यालयबाट कक्षा १२ पुरा गरी अन्तिम प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्नका लागी तपशिलका कागजात सहित मिति २०८० भाद्र मसान्त भित्र विद्यालयमा वुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएका समयमा कागजात सहित विद्यालयमा सम्पर्क नगर्ने विद्यार्थीहरुको प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ । तपसिल कक्षा १० (एसइई ) ग्रेडसिटको प्रतिलिपी थान १ कक्षा ११ […]

कक्षा ११ का लागि आवेदन फाराम २०८०

शैक्षिकसत्र २०८० का लागि अमर माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि भर्ना आवेदन फाराम प्रकाशित गरिएको छ । भर्ना हुने विद्यार्थीहरूले तलकाे लिङ्क खाेली फाराममा ताेकिएका विवरण यथार्थ र निर्देशन अनुसार भरी sumit गर्नुहुन जानकारी गराइन्छ । फारामकाे लिङ्क खाेली विवरण भर्न View मा Click गर्नुहोस ।

नतिजा प्रकाशित ।

अमर माध्यमिक विद्यालयकाे शैक्षिकसत्र २०७९ काे वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला सम्पूर्ण अभिभावक एवम् विद्यार्थीहरूमा जानकारीका लागि अनुरोध छ । नतिजा थाहा पाउनका लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक सञ्जालमा राख्न मनाही छ ।